३ आश्विन २०८३, शनिबार 1789800850
Banner

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले मिलेका हुन्: डा. शशांक कोइराला

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल (नेपाली कांग्रेस-नेकपा एमाले) मिलेका मिलेका बताउनु भएको छ।

शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै नेता डा. कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताउनु भयो। उहाँले भन्नुभयो, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ।’

सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको उहाँकाे भनाइ थियाे। 

बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नु परिरहेकाे उहाँले बताउनुभयो। विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा उहाँकाे जाेड थियाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गर्नुभयो।