२३ भाद्र २०८१, आइतबार 1725783880
Banner

मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त

जनकपुरधाम-मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ। शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।

सभामुख रामचन्द्र मण्डलले पेश गर्नुभएको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।