२७ भदौ २०८३, शनिबार 1789273776
अर्थ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५५ सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलसका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे ।

ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो ९शंखघर चोक०, टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्ने सिद्धार्थ बैंकले जनाएको छ ।