२ कार्तिक २०८१, शुक्रबार 1729260995
Banner

सिमलताल दुर्घटना अध्ययन कार्यदल टोली चितवनमा

चितवन । सिमलतालमा आएको लेदोसहितको पहिरोले बगाएको बस घटनाको छानबिन गर्न गठित अध्ययन कार्यदलको टोली आज चितवन आएका छन्।

घटनास्थलको अवलोकन, चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गरि उद्धार प्रकृयाबारे जानकारी लिन अध्ययन टोली चितवन आएको हो । अहिले बिहान साढे ८ बजे चितवन आइपुगेका हुन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय टोली चितवन आएका हुन् ।

टोलीमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्यहरु दुर्घटनास्थल चितवनको सिमलताल क्षेत्र अवलोकनमा आएका हुन् । गत शुक्रबार सीमलतालमा गुडिरहेको दुईवटा बस लेदोसहितको पहिरोले त्रिशूलीमा बगाउँदा ६५ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १७ जनाको शव नारायणी किनारको विभिन्न क्षेत्रमा भेटिएका छन् । भेटिएका शव मध्य ९ जनाको मात्रै दुर्घटनाका यात्रु रहेको पहिचान खुलेको छ ।