२ कार्तिक २०८१, शुक्रबार 1729296136
Banner

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि आगजनी


काठमाडौं । चितवन महानगरपालिका वडा नम्बर ७ का स्थानीयले रेलमार्गको सर्भे गर्न पुगेका कर्मचारीको टोली चढेको गाडीमा आगजनी गरेका छन् । आज दिउँसो भरतपुर ७ मा पुगेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका थिए ।

पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि अहिले टोली चितवन क्षेत्रको सर्भेमा रहेको छ । सो टोलीले हेटौंडादेखि बर्दघाटसम्मको सर्भे गर्ने कार्यक्रम रहेको छ । स्थानीयले बस्ती छलेर रेल लैजान माग गर्दै आएका छन् । चितवनसहित अन्य जिल्लामा पनि बस्तीबाटै रेलमार्गको सर्भे गरिएको भन्दै विरोध भइरहेको छ ।

चितवनका डीएसपी भेषराज रिजालका अनुसार दुई जना कर्मचारी चढेर आएको गाडीमाथि स्थानीयले आगजनी गरेका थिए । आगजनी गर्ने स्थानीयको खोजी भइरहेको रिजालले जानकारी दिए ।