२८ भदौ २०८३, आइतबार 1789282509
Banner

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १७५ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो।

वरिष्ठ अधिवक्ता बडाल काठमाडौँ महानगरपालिका-७ चाबहिल निवासी हुनुहुन्छ।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।