२ जेष्ठ २०८३, शनिबार 1778919115
Banner

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

काठमाडौँ-नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनुभएको थियो।