३१ भाद्र २०८१, सोमबार 1726524408
Banner

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परेको छ । जहाज विमानस्थलमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज भर्खरै दुर्घटनामा परेको हो ।

अहिले दुर्घटनामा परेको जहाजको उद्धार कार्य सुरु भइसकेको उनले जानकारी दिए । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।