३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:38 pm
Banner

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल बन्द

सूचना प्रेस २०८१ श्रावण ९ बुधबार ००:००, १२:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका सबै उडान  बन्द गरिएको छ।

आज ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण दुबै बन्द गरिएको विमानस्थलले जनाएको छ।  । उद्धार कार्य चलिरहेकाले अहिले उडान र अवतरण बन्द भएको विमानस्थलले जनाएको छ। 

अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् भने  थाइ एयरवेजको काठमाडौं आउँदै गरेको जहाज भारतीय आकाशमा होल्ड भएको छ । त्यसैगरी  बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको छ ।