१४ श्रावण २०८३, बिहिबार 1785460029
Banner

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइर्दै

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो।

बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ।

दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।