४ आश्विन २०८१, शुक्रबार 1726867696
Banner

निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाडौँ- अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा हुनु भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उहाँलाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिए सँगै उहाँ धरौटी बुझाएर आजै रिहा हुनु भएको हो ।

अर्याल सहित ११ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार बढी विगो दावी गर्दै  भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।