१४ श्रावण २०८३, बिहिबार 1785409327
Banner

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्।

टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ।

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो।

घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।