४ आश्विन २०८१, शुक्रबार 1726825661
पालिका

नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँर्दैन : पूर्वमेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन्। शनिबार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए।

अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए। उनले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गरे। उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गरे।

उनले भने, ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन्। कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने। गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरुलाई दिने गर्छन्। त्यसमा हामीले चिन्ता लिनु पर्दैन। हामी काठमाडौं महानगरको मेयरको रुमपा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो। त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो। अहिले झारेर १७ औं स्थानमा पुर्‍याएको छ। हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरको छ। हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ।’

पूर्वमेयर शाक्यले स्थानीयको इच्छाविपरीत कामनपाले काम गरिरहेको बताए। उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए। उनले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए।

उनले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए। उनले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे। उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताए । उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताए। सत्तामा भएकाहरु आफू रमाउनको लागि नभई भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने बताए।