३ आश्विन २०८१, बिहिबार 1726803961
Banner

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन् ।

आइतबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

यसका साथै उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका हुन् ।