५ भदौ २०८३, शुक्रबार 1787314739
Banner

‘नो इफ, नो बट, हाम्रो कुरा क्लियर कटः भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य छैन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुलाई भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने बताएका छन् । आज प्रतिनिधि सभाको विशेष समयमा उनले भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्याद राखिन नहुने बताएका हुन् । ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्य हुनेछैन, नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट,’– उनले भने ।

केही सचेत युवाहरुको भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने भन्दै एउटा भिडियो बनाएको र सो भिडियोमा केही सांसदहरुलाई फोन गरेर दवाब दिन भनिएकोमा आफूलाई दुई हजारभन्दा बढी युवाहरुले फोन गरेको बताए । उनले यसरी भिडियो बनाएर भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन हुँदैन भनेर दवाब दिने युवाहरुलाई ‘सचेत युवा’ को संज्ञा दिँदै उनले धन्यवाद व्यक्त गरे ।

‘देशका होनाहार युवाहरु, १८, १९, २० वर्षका युवाहरुले देशको चिन्ता गरेर हामीलाई फोन गरेका छन् । म सदन छिरेर अहिले भर्खरै चेक गरेको धेरै कल आएको छ । ती सबै युवाहरुको एउटै चिन्ता छ, भ्रष्टाचारको मामलामा कुनै हदम्याद हुन हुँदैन भन्ने छ,’– लामिछानेले भने ।