५ आश्विन २०८१, शनिबार 1726960245
Banner

रामेछापको दोरम्बा शैलुङमा पहिरोमा परी २ जनाको मृत्यु

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।

गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।