८ कार्तिक २०८१, बिहिबार 1729793157
Banner

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार, महँगी, एमसीसी लगायतको विरोधमा सोमबार देशव्यापी जनप्रदर्शन गर्ने  भएको छ । राजधानीमा दिउँसो १२ बजे शान्ति बाटिकामा तीनवटै जिल्लाबाट नेता तथा कार्यकर्ता भेला भएर जनबहालमा पुगेर कोणसभा गरी सम्पन्न हुने नेता हुकुम सिंहले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार विरोध प्रदर्शन हुन लागेको उनले बताए । पछिल्लो समय राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचार, महँगी वृद्धिका कारण जनता आक्रान्त भएकाले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न लागेको सिंहले दाबी गरे ।

साउन २६ देखि २९ सम्म बसेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनसम्म विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले मङ्सिरको दोस्रो हप्ता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।