३१ भाद्र २०८१, सोमबार 1726528273
Banner

प्रकाश तामाङले भेटे प्रधानमन्त्री

काठमाडौँ । हेर्ने कथामार्फत चर्चामा आएका प्रकाश तामाङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । गोरखाको चुमभ्यालीमा बाल्यकालदेखि नै आफन्तबाट टाढिएर बसेका उनले हेर्ने कथामार्फत आफ्नो भोजपुरमा रहेका परिवार भेटेका थिए ।

४० वर्ष नाघिसक्दासमेत नागरिकता नपाएका उनले प्रधानमन्त्रीको चासोपछि दुई दिनअघि नागरिकता पाएका थिए ।
भोजपुरबाट नागरिकता पाएसँगै उनले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर हिजो साँझ भेट्न आउनु भयो । नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’