४ आश्विन २०८१, शुक्रबार 1726821876
Banner

चीन–अफ्रिका सम्बन्ध इतिहासकै महत्त्वपूर्ण चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको उल्लेख गरेका छन् । चीन र अफ्रिकाबिचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन्द्र पार गर्दै एक पुस्तादेखि अर्को पुस्तासम्म पुगेको बताए । चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा स्तरोन्नति गर्ने घोषणा गरे ।

‘सन् २००० मा चीन–अफ्रिका सहयोग मञ्चको स्थापना नै चीन–अफ्रिका सम्बन्धको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो । विगत २४ वर्षमा, विशेष गरी नयाँ युगमा, चीन र अफ्रिकी नागरिक सत्य निष्ठा, मित्रता र इमानदारीको भावनामा हातेमालो गर्दै एकअर्कालाई सहयोग गर्दै आएको, नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरिरहेका छौँ,’ सम्बोधनका क्रममा उनले भने ।

चीन–अफ्रिका सहयोग मञ्च सन् २००० मा दुवै पक्षको संयुक्त प्रस्तावमा औपचारिक रूपमा स्थापना भएको थियो । हाल मञ्चमा चीन, चीनसँग दौत्य सम्बन्ध स्थापित ५३ वटा अफ्रिका मुलुक, अफ्रिकी सङ्घको समितिलगायत ५५ वटा सदस्य छन् । सेप्टेम्वर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने शिखर सम्मेलनमा आर्थिक तथा व्यापारिक लगानी, पूर्वाधार प्रबन्ध, जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।