३१ भाद्र २०८१, सोमबार 1726535101
Banner

निजामति कर्मचारीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजामति कर्मचारीहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार २१ औं निजामति दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको एक कार्यत्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले विगतको भन्दा पछिल्लो समय निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएपनि पर्याप्त नभएको बताए । उनले वर्तमान कर्मचारी प्रशासकहरुले सबैभन्दा पहिला निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताए । उनले निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ, नाफाको लागि काम गर्छ भन्ने सोच परम्परागत भएको उल्लेख गरे । उनले निजी क्षेत्रको भुमिकालाई विश्वका अन्य देशमा ठूलो सम्मान गर्ने गरेको बताए । उनले नेपालमा त्यो खालको सम्मान नपाउने बताए । उनले संघीयता आएसँगै तीन तहका सरकारले बनाएका कानूनमा दोहोरोपन रहेको बताए । उनले संघीयता लागू भएसँगै पुँजीगत खर्चमा वृद्धि हुन सकेको बताए । पुँजीगत खर्च वृद्धिको लागि कर्मचारी प्रशासनले बढी प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘कर्मचारी प्रशासनले सबैभन्दा पहिला निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ । निजी क्षेत्र नाफामुखी मात्रै हुन्छ नाफाको लागि काम गर्छ भन्ने सोच परम्परागत हो । तर अहिले धेरै परिवर्तन भएको छ । पर्याप्त छैन । निजी क्षेत्रको भुमिका भनेको कर तिर्ने भनिन्छ । विश्वका अन्य देशमा करदातालाई ठूलो सम्मान हुन्छ ।

तर नेपालमा त्यो खालको सम्मान पाइँदैन । संघीयतासँगै तीन तहका सरकारले बनाएका कानूनमा दोहोरोपन छ । तीनको सरकार बनेपछि जसरी पुँजीगत खर्चमा हुने वृद्धि हुन सकेको छैन । साधरण खर्च मात्रै बढेको छ । कर्मचारी प्रशासनले बढी प्राथमिकता दिनुपर्छ । तर स्थानीय तहमा भने बढी गरेको छ ।’

उनले प्रशासकीय संघीयता बिना संघीयता अधुरो हुने विषयमा सहमत रहेको बताए । उनले संघीयतालाई जीवन्त बनाउन प्रशासकीय पक्ष महत्वपूर्ण हुने बताए ।