३ आश्विन २०८१, बिहिबार 1726784481
समाचार

गोबिन्दबहादुर कार्की सचिवमा बढुवा

काठमाडौं । सरकारले गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव नियुक्तिलाई लिएर असन्तुष्ट राष्ट्रिय योजना आयोगका सचिव तोयारनारायण ज्ञवालीले राजीनामा दिएपछि सचिव पद रिक्त थियो ।