३ आश्विन २०८१, बिहिबार 1726810389
Banner

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । संवैधानिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २६६को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले परिषद्ले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सो समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, सुरक्षा अङ्गका प्रमुखलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।