२ कार्तिक २०८१, शुक्रबार 1729271691
Banner

एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोर्डबाट पाए हकप्रदको स्वीकृति

काठमाडौं । दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाएका छन् । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको बोर्ड स्रोतले जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो । त्यस्तै एनएलजी इन्स्योरेन्सले ९६ लाख ३१ हजार कित्ता बराबर हकप्रद निष्कासनको स्वीकृति पाएको छ ।