२ कार्तिक २०८१, शुक्रबार 1729246139
Banner

काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।

दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।  उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो ।