काठमाडौँ । अमेरिकाले नेपाल प्रहरीलाई डीएनए सम्बन्धी डाटाबेस सफ्टवेयर प्रदान गर्ने भएको छ । सफ्टवेयर प्रदान गर्नेबारे नेपाल प्रहरी र अमेरिकन डिपार्टमेन्ट अफ जस्टिसको बिचमा सम्झौता भएको छ ।
नेपाल प्रहरीका आईजीपी र अमेरिकन प्रतिनिधीहरुबिच सोमबार त्यसबारे हस्ताक्षर भएको हो । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनले डिपार्टमेन्ट अफ जस्टिसमार्फत दिने लागेको सफ्टवेयर मार्फत दुर्घटनामा अनुहार चिन्न नसक्ने अवस्था भएका मृतक र उनको परिवारको डिएनए म्याच गरिन्छ । परिवारको डीएनए म्याच गराएर शव पहिचान गर्न सहज हुने नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाका एकजना अधिकृतले बताए ।