१ कार्तिक २०८१, बिहिबार 1729164147
समाचार

विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्यो

काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको सङ्ख्या बढेको देखिएको हो । विभागका अनुसार  विगत पाँच वर्षको तथ्याङ्क हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको सङ्ख्या सबैभन्दा बढी छ । 

सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो सङ्ख्या युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको सङ्ख्या छ । यूएई जानेको सङ्ख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ । सरकारले विदेश भ्रमणमा जानेलाई एकपटकमा दुई हजार पाँचसय अमेरिकी डलरसम्मको सटही सुविधा दिएपछि घुमघामका लागि सहज भएको छ ।