९ भदौ २०८३, मंगलबार 1787697481
अर्थ

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङद्वारा ६० लाख हस्तान्तरण

काठमाडौँ, २३ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले रु ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गर्नुभयो । कर्पाेरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पाेरेसनले जनाएको छ । हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले बताउनुभयो ।