१ कार्तिक २०८१, बिहिबार 1729150016
समाचार

गुल्मीमा जिप दुर्घटना, १५ जना घाइते

बुटवल । बुटवलबाट गुल्मी जाँदै  गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको हो।  दुर्घटना परी जिप सवार सबै १५ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ । बाग्लुङको बरेङडाँडा गाउँपालिका  ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा उपचारको लागि पठाएको छ।