१६ भदौ २०८३, मंगलबार 1788302252
पर्यटन

मनाङमा लेक लागेर स्वीट्जरल्याण्डका पर्यटकको मृत्यु

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए।

राति सकुशल सुतेका उनी बिहान मृत भेटिएपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको प्रहरी निरीक्षक केसीले बताए। प्रहरीले पर्यटक मृत भेटिएको सूचनापछि प्रहरी पुगेको उनले बताए। त्यस क्षेत्रमा हेलिकप्टरबाट थप १० जना विदेशी २३ जना नेपाली नागरिकको उद्धार गरिएको प्रनि केसीले बताए।