१६ श्रावण २०८३, शनिबार 1785637415
Banner

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि मन्त्री राणा नेतृत्वको टोली त्यस तर्फ जान लागेको हो।

त्यहाँ रहदा मन्त्री राणाले  चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक भेट गर्नेछिन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली मंसीर १७ गते चीन भ्रमणमा जाने तयारी  छन्। सोही भ्रमणको तारतम्य मिलाउन उनी चार दिन अघि नै चीन जान लागेकी हुन्। परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कने कार्यतालिका छ।