३० भदौ २०८३, मंगलबार 1789475838
Banner

नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गर्छौँ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ हजार नक्कली आयोजनाको विषयमा अध्ययन गरी सो आयोजनाहरु हटाउने बताएका छन् । उनले आइतबार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्ति अन्त्य गरिने बताए । ‘११ हजार नक्कली आयोजना को सन्दर्भमा प्रधानमन्त्रीले उठाएको विषय हो, यी आयोजना कसरी बिचैमा त्यसरी आए ।

संसदले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुनुपर्छ यो अराजकता हो,’ उनले भने, ‘नक्कली आयोजना खडा गरी अनावश्यक बजेटहरु राख्ने प्रवृत्तिको बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्ने बाहेक अरु उपाए छैन ।’ यसैगरी चालु आर्थिक वर्षको बजेटमा ६३७ पुलको लागि  ६९ लाख छुट्याएको बताउँदै मन्त्री दाहालले आयोजना राख्ने कुरामा गम्भिर देखिएका बताए । आगामी दिनमा यस्तो समस्या नहुनेगरी काम अघि बढाउने मन्त्री दाहालको भनाइ छ ।