१९ मंसिर २०८१, बुधबार 1733320101
Banner

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको हो ।