काठमाडौँ । वातावरण विभागले अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन आग्रह गरेको छ । विभागले जर्नल अफ इन्भाइरोमेन्ट साइन्समा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराउन आग्रह गरेको हो ।
अनुसन्धानात्मक लेख तथा रचना माघ ३० गतेभित्र [email protected] मा उपलब्ध गराउन विभागले भनेको हो । लेख तथा रचनाहरू जलवायु परिवर्तन, एग्रो इकोलोजी, इन्भाइरोमेन्ट एकोलोजी, इन्भाइरोमेन्ट केमेस्ट्री, इन्भाइरोमेन्ट ललगायत विषय हुनुपर्ने सूचनामा उल्लेख छ ।


