२७ आश्विन २०८३, मंगलबार 10:25 pm
Banner

टुँडिखेलमा ३०औँ महानगर दिवस कार्यक्रममा सहभागी हुन बालेनको आह्वान

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले आज टुँडिखेलमा कार्यक्रम आयोजना गरी ३०औँ महानगर दिवस मनाइरहेको छ।

मेयर बालेन्द्र शाह (बालेन) का अनुसार दिवसका अवसरमा दिउँसो ३ बजेदेखि सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ।

सहभागिताका लागि उनले महानगरवासीलाई आह्वान गरेका छन्। कार्यक्रममा प्रवेश तथा काठमाडौँ टावर (पुरानो बसपार्क) मा पार्किङ पनि निःशुल्क गरिएको उनले बताएका छन्।

फुडस्टल भने बिहान १० बजेदेखि नै खुला रहेको जानकारी उनले दिएका छन्।