४ आश्विन २०८१, शुक्रबार 1726836203
विश्व

लाखौँ टन अन्न रुसले चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप

काठमाडौं– रुसमाथि युक्रेनबाट ठूलो परिमाणमा अन्न चोरेको आरोप लागेको छ ।

युक्रेनी उप कृषिमन्त्रीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागबाट रुसले लाखौँ टन अन्न चोरेको आरोप लगाएका हुन् ।युक्रेनको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका क्रममा उप कृषिमन्त्री तरास भिसोत्स्कीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागमा १५ लाख टन अन्न मौज्दात रहेकोमा रुसी फौजले लाखौँ टन अन्न चोरी गरेको आरोप लगाएका हुन् ।

यद्यपि उनको आरोपको स्वतन्त्र पुष्टि भने नभएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।