काठमाडाैं : भारतको पुणेमा ट्रिपरले फुटपाथमा सुतिरहेका ९ मजदुरलाई किचेको छ । आइतबार राति करिब १ बजेतिर फुटपाथमा सुतिरहेका ९ जनालाई किचेको हो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । जसमध्ये एक १ वर्ष र अर्को २ वर्षका छन् । वाघोलीको केसनन्द फाटा क्षेत्रमा दुर्घटना भएको हो । ट्रिपर चलाउने व्यक्तिले मादक पदार्थ सेवन गरेका थिए । उनी पक्राउ परेका छन् । फुटपाथमा करिब १२ जना सुतिरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै मजदुर हुन् ।