२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 3:16 pm
Banner

दानबहादुरको मुद्दामा कात्तिक ३० गते पेसी तोकियो

सूचना प्रेस २०८३ कार्तिक २० शुक्रबार ००:००, १४:१९ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा पेसीको मिति तोकिएको छ ।

बुधबार उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उनले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिट शुक्रबार सर्वोच्च प्रशासनले दर्ता गरेको छ ।

दर्ता गरेसँगै उक्त रिटको पेसी यही कात्तिक ३० गतेका लागि तोकिएको छ । आफूलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी बनाउने सरकारको निर्णय निर्णय संविधान, कानुन र सर्वोच्च अलदालतका नजिरविपरीत रहेको भन्दै कार्कीले आफूलाई आईजीपीमै पुनर्बहाली गर्न आदेशको माग गरेका छन् ।