२५ श्रावण २०८३, सोमबार 1786381945
समाचार

भक्तपुर बाबुछोरा हत्या प्रकरणमा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले बतायो । उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो । उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।