काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छ । कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुन् । जिमी सविधानसभा निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए । उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, “आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी व्यक्ति गुमाएको छ ।”
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले लेखेका छन्, “हाम्रो देशको लागि महत्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरे र अमेरिकी जनताको जीवन सुधार गर्न काम गरे ।