५ जेष्ठ २०८३, मंगलबार 1779184729
राजनीति

नेपाल तरुण दलको राष्ट्रिय भेला आह्वान

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय भेला बोलाएको छ  तरूण दलले पुस २२ र २३ गतेका लागि दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला बोलाइएको विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेस सभापति शेरवहादुर देउवाले गर्ने तरुण दलले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपा स्थित विपि स्मृती भवनको सभा हलमा हुने कार्यक्रममा  दलको केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।