३ जेष्ठ २०८३, आइतबार 1779050676
Banner

रुकुम पूर्वमा ६ किलो चरेस सहित दुई जना महिला पक्राउ

रुकुम पूर्व । झन्डै ६ किलो लागुऔषध चरेस सहित दुई जना महिला पक्राउ परेका छन् ।  

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७  गुनामबाट ४० वर्षीया रूजु बुढामगर र ५० वर्षीया जसमाया  बुढामगर पक्राउ परेका हुन् । 

उनीहरूलाई रुकुम पूर्वबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा ल्याई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव राज खरेलले जानकारी दिनुभएको छ ।

डिएसपी खरेका अनुसार उनीहरूको साथबाट झन्डै ६ किलो चरेस बरामद भएको छ भने अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।