१७ असार २०८३, बुधबार 1782945548
राजनीति

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार यस्तो आदेश गरेको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको हो ।