२८ जेष्ठ २०८३, बिहिबार 1781191998
Banner

रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले केन्द्रीय निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ । विज्ञप्ति निकालेर विना कसुर रविलाई पक्राउ गरिएको भन्दै अदालतले छोड्ने आदेश दिनू सत्यले जीत गरेको जनायो ।

‘ढिलै भए पनि सत्यको जित भएको छ,’ ‘८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।’ अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ । सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।