एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ।
युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू बुधबार बिहान उनको निवासमा पुगेका थिए। उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्।
दक्षिण कोरियाका अधिकारीहरु येओलको निवासमा उनलाई पक्राउ गर्न भन्दै पुगेपछि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका छन् । झण्डै हजार जना प्रहरी अधिकारीहरू पनि तैनाथ गरिएको खबरमा उल्लेख छ ।
केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको छ ।