१ जेष्ठ २०८३, शुक्रबार 1778901316
राजनीति

कार्यविभाजन टुङ्ग्याउन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्नेगरी बोलाइएको छ । नेताहरूको जिम्मेवारी टुङ्ग्याउन र अभियानबारे कार्ययोजना बनाउन पदाधिकारी बैठक बोलाइएको नेताहरूले बताएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक(पुस २१–२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो । बैठक प्रचण्ड निवास खुमटारमा बस्ने तय भएको छ ।