४ आश्विन २०८१, शुक्रबार 1726842374
Banner

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।

गान्धी सोमबार अपराह्न ५ बजे भिस्तार एयरलाइन्सको विमानमार्फत त्रिभुवन विमानस्थलमा उत्रेको स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् ।

उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।