काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक) मार्फत धार्मिक सहिष्णुतामा खलल गरेको आरापमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ घर भएका नरेन्द्रराज राई छन् ।
सोसल मिडिया मनिटरिङ गर्ने क्रममा राईले धार्मिक सहिष्णुता बिरुद्ध अभिव्यक्ति दिएको भेटिएको साइबर ब्यूरोका एसपी दिपक राज अवस्थीले बताए । शुक्रबार उनलाई संखुवासभाबाट पक्राउ गरेर विद्युत्तिय (इलेक्ट्रिक) कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी अवस्थीले जानकारी दिए ।