१६ असार २०८३, मंगलबार 1782824480
Banner

बेलुन पड्केर घाइते भएकाअर्थमन्त्रीलाई हेलिकोप्टरमार्फत कीर्तिपुर बर्न अस्पताल ल्याइयो

काठमाडौं : पोखरामा आगोको लप्काले घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

पौडेलको घाँटी र गालामा आगोले पोलेको छ। शनिबार पोखरा महानगरले सुरु गर्न लागेको पर्यटन वर्षको उद्घाटन सत्रमा बेलुन उडाउन खोज्दा आगोको झिल्का उठेको थियो।

सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए। पोखराका मेयर आचार्यको भने फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।