काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन् । महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रबार बिहान पशुपतिनाथको मन्दिर पुगेका हुन्। फागुन १४ गते महाशिवरात्री रहेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ । भक्तजनहरुको पशुपति दर्शनका लागि भीड हुने गर्दछ । सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्नेबारेमा बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर पुगेका हुन् ।
मन्दिर परसरमा अहिले रङरोगन गर्ने काम जारी छ ।


