११ आश्विन २०८३, आइतबार 1:26 am
समाचार

१५ जना फरार प्रतिवादीहरू पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मातहतका निकायले विभिन्न मुद्दामा फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरूलाई खोज तलास तथा पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको हो ।

पक्राउ पर्नेमा शेख समिम भन्ने समीम असगर, शेख नेपाली भन्ने सहिम असगर, फहिम असगर, विहारी लाल साह कानु, दशै माझी, जोखु माझी, बाबुलाल माझी, राकेश कुमार साह, गुल्जहान खातुन, हरीता खातुन, नुरजहान खातुन, दिपेन्द्र श्रेष्ठ, हरेन्द्र राय यादव, शैख जमालुदिन र संजय प्रसाद पटेल रहेको सूचना अधिकारी दीपक कुमार रायले बताए ।